महिला राष्ट्रिय हक्कीको फाइनल आज, आर्मी र लुम्बिनी भिड्दै
धनुषा | माघ २८, २०७९
ढल्केवर: पाँचौं महिला राष्ट्रिय हक्की प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। धनुषाको नक्टाझिजमा जारी पाचौं साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको उपाधिका लागि विभागीय टोली नेपाल आर्मी र लुम्बिनी प्रदेश भिड्दैछ ।
सेमिफाईनलमा मधेस प्रदेशलाई हराउँदै नेपाल आर्मी र सुदुरपश्चिम प्रदेशलाई पराजित गर्दै लुम्बिनी प्रदेश फाइनलका लागि छनौट भएको थियो। नेपाल हक्की संघ तथा मिथिला नगरपालिकाको आयोजनामा भईरहेको प्रतियोगिताको फाईनल खेल नक्टाझिजस्थित रहेको हिमालय युवा क्लबको खेलमैदानमा आज साढे २ बजे हुने नेपाल हक्की संघका केन्द्रीय सदस्य समेत रहेका टुर्नामेन्ट डाइरेक्टर अशिम शर्माले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमश ७५ हजार, ४० हजार र २५ हजार नगद पुरस्कारसहित शिल्ड प्रदान गरिने छ। प्रतियोगिताको तृतीय स्थानमा मधेस प्रदेशले आफ्नो स्थान जमाई सकेका छन्। शुक्रबार भएको लुजर फाईनल खेलबाट सुदुरपश्चिम प्रदेशलाई हराउँदै मधेस प्रदेशले तृतीय स्थान कब्जा गरेको हो।
स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर हुँदै आएको महिला राष्ट्रिय हक्की प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो। त्यस्तै, तेस्रो र चौथो संस्करणको उपाधि पनि विभागीय टोली नेपाल आर्मीले जितेको थियो।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

